बिराटनगरको रानी भन्सारमा सातौं दिन देखी मालबाहक गाडीहरु नाकामै

<span class='c1'>बिराटनगरको रानी भन्सारमा सातौं दिन</span> <span class='c2'>देखी मालबाहक गाडीहरु नाकामै</span>

प्रेम देवान
विराटनगर १४ असोज । भारतको अघोषित नाकाबन्दीको प्रभाव आज पनि नेपाल–भारत सीमा नाकाहरुमा देखिएको छ । भारतको जोगबनी नाकामा रोकिएका मालबाहक गाडीहरु अझैसम्म छोडिएको छैन । बिराटनगरको रानी भंसारमा आज सातौं दिन हुंदा समेत मालबाहक गाडीहरु नाकामै रोकिएका छन् । मोर्चाका कार्यकर्ताहरुले रानी भन्सार परिसरमा चार दिन यता धर्ना जारी राखेका छन् । बुधबारसम्म कुहिने अवस्थामा रहेका तरकारी र फलफुल भारतले नेपालतर्फ पठाएको भएपनि आज बाट नेपालको भंसार कार्यालयले नै त्यस्ता बस्तु भित्राउन रोक लगाएको हो । रानी भन्सार क्षेत्रमा सयौंको संख्यामा मालबाहक गाडी र पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरु रोकिएका छन् । बन्द र अघोषित नाकावन्दीका कारण हिजै देखी बिराटनगरबाट प्रकाशित हुने दैनिक पत्रिकाहरु बन्द भएका छन् । यसअघि बिराटनगरमा ठूला उद्योगहरु बन्द भईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्