सामाजिक सद्भाव भड्काएउन खोज्ने बिजय बिराट भन्ने ब्यक्ति प्रहरीद्धारा पक्राउ

<span class='c1'>सामाजिक सद्भाव भड्काएउन खोज्ने बिजय</span> <span class='c2'>बिराट भन्ने ब्यक्ति प्रहरीद्धारा पक्राउ</span>

विराटनगर १५ असोज ।
सामाजिक संजाल फेसबुक मार्फत जथाभावि पोष्ट गरेर सामाजिक सद्भाव भड्काएको आरोपमा प्रहरीले मोरङ केराबारीका विजय अधिकारीलाई पक्राउ गरेको छ । “भर्खर नाकामा बम बिस्फोट हुंदा ४७ जनाको मृत्यु, ५२ जना घाईते बिवरण आउन बाँकी” भन्दै फेसबुकमा स्ट्याटस पोस्ट गरेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट अनुसन्धान गर्दा फेसबुक प्रोफाईलमा बिजय बिराट भन्ने ब्यक्तिले उक्त भ्रामक सन्देश लेखी पोष्ट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ । अनुसन्धानको क्रममा निज बिजय बिराट भन्ने व्यक्ति बिजय अधिकारी रहेको र मोरङ जिल्ला केरावारी एरिया अन्तर्गत केयु एकेडमी केराबारीमा कार्यरत रहेको भन्ने पत्ता लागेको थियो । निजलाई महानगरीय प्रहरी कार्यालय काठमाडौको सहयोगमा ईलाका प्रहरी कार्यालय केरावारी मोरङबाट पक्राउ गरी आवश्यक कानुनी कारवाही भैरहेको प्रहरीले जनाएको छ ।
०००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्