सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

<span class='c1'>सप्तरीमा मोटरसाइकल दुर्घटनामा</span> <span class='c2'>एकको मृत्यु</span>

सप्तरी, असोज १५

पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको नगरपालिकामा रोकि राखेको ठेलासंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको स.५ प ३८५७ नम्बरको मोटरसाइकल बिहिबार सांझ करिब ७ बजे कंचनरुप नगरपालिका १ स्थित राजमार्गको किनारमा रोकि राखेको ठेलासंग ठोक्किंदा मोटरसाइकल चालक सप्तरी पोर्ताहा गाविस १ बस्ने ३५ वर्षिय बाल कृष्ण रायको मृत्यु भएको छ। गम्भिर घाइते भएका रायको उपचार हुँदा हुँदै धर्मेश्वर अस्पताल ठेलियामा बिहिबार राती मृत्यु भएको हो।

दुर्घटनामा सोही मोटरसाइकल पछाडी सवार रहेका पोर्ताहा गाविस १ निवासी ३५ वर्षिय बिरेन्द्र राय,४४ वर्षिय जय प्रकाश राय तथा ठेलाचालक सप्तरी भारदह ५ बस्ने ५५ वर्षिय श्रीप्रसाद मण्डल गम्भिर गाइते भएका छन्।

उनीहरुको धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्