सुशील कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा

<span class='c1'>सुशील कोइरालाले प्रधानमन्त्री</span> <span class='c2'>पदबाट राजीनामा</span>

काठमाडौं, १५ असोज ।

प्रधानमन्त्री सुशील कोइरालाले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री कोइरालाले शुक्रबार साँझ राष्ट्रपति भवन पुगेर राष्ट्रपति डा. रामवरण यादवलाई राजीनामापत्र बुझाउनुभएको हो । कोइराला २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । उहाँले संविधान जारी भएलगत्तै पद त्याग गर्ने सार्वजनिक प्रतिबद्धता र संविधानको व्यवस्थाअनुसार पदबाट राजीनामा दिनुभएको हो । कोइरालाले राजीनामा दिएसँगै रुपान्तरित व्यवस्थापिका संसद्लाई नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढाउने ढोका खुलेको छ । संविधानअनुसार शुक्रबार संसद्को अधिवेशन सुरु भएकाले संसद्ले असोज २२ गतेसम्म सहमतिका आधारमा र सहमति नभए त्यसको एक साताभित्र बहुमतका आधारमा प्रधानमन्त्रीको चयन गर्नुपर्छ । यसैबीच, राष्ट्रपति यादवद्वारा ७ दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्