ट्राफिक प्रहरीले उठायो दश करोड बढी राजश्व

<span class='c1'>ट्राफिक प्रहरीले उठायो दश</span> <span class='c2'>करोड बढी राजश्व</span>

इटहरी, १५ असोज । पूर्वी नेपालको विभिन्न तराई तथा पहाडी जिल्लामा सवारी सञ्चालनमा कडाइका साथ ट्राफिक नियम कार्यान्वयन गर्दै आएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले आफु र मातहतका निकायमार्फत सक्रियता बढाउँदै आएको छ ।

गएको आवमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले आफु र मातहतका जिल्ला ट्राफिक प्रहरीमार्फत ट्राफिक नियम उलङ्घन गर्ने चार हजार ८०२ जनाको चालक अनुमति पत्रमा प्वाल पारिदिएको छ । क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख नरबहादुर क्षेत्रीले गत आवमा ३७६ जना चाचकलाई सवारी ज्यान मुद्दा चलाइएको बताए । “सोही अवधिमा ३७ जना सवारी चालकलाई सार्वजनिक अपराध मुद्दा लगाएर कार्वाही गरिएको छ” उनले भने । कार्यालयले कार्वाही चलाएर रु १० करोड ३२ लाख ३९ हजार राजश्व सङ्कलन गरेको छ ।

अघिल्लो आवमा सो कार्यालयले रु सात करोड ८७ लाख ९१ हजार राजश्व सङ्कलन गरेको थियो । कार्यालयले ट्राफिक प्रहरीमार्फत सवारी नियम उलङ्घन गरेका हजार ८०२ जनाको चालक अनुमति पत्रमा प्वाल पारेको छ । त्यस्तै सो अवधिमा विभिन्न जिल्लामा परिचालित ट्राफिक प्रहरीले ३७६ जना चालकलाई सवारी ज्यान मुद्दा चलाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्