एमालेको एक सय रुपियाँ सङ्कलन अभियान आजदेखि सुरु हुने

<span class='c1'>एमालेको एक सय रुपियाँ सङ्कलन</span> <span class='c2'>अभियान आजदेखि सुरु हुने</span>

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनलाइन प्रणालीमार्फत हुन गइरहेको एक सय रुपियाँ सङ्कलन अभियान आजैदेखि सुरु हुने भएको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि खर्च जुटाउन पार्टीमा सङ्गठित साढे सात लाख सदस्यहरुले पार्टीको खातामा कम्तीमा एक सय रुपियाँ सङ्कलन गर्नुपर्ने बताइए अनुरुप यसका लागि आवश्यक अनलाइन प्रणाली पनि आजदेखि नै सुरु हुने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

कम्तिमा एक सय रुपैयाँदेखि पैसा राख्न सजिलो खालको प्रणाली आज भरेदेखि नै सुरु हुन्छ । आज दशौं महाधिवेशन स्थल चितवनको निरीक्षण भइरहेको छ । पार्टीका संगठित सदस्यहरु, शुभेच्छुक र समर्थकहरुले आफ्नो इच्छा अनुसार सहयोग गर्न सक्नुहुन्छ । तामाङले बताउनुभयो ।

दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्न गइरहेको एमालेले सर्वसम्मत ढङ्गबाट नेतृत्व चयन गर्ने तयारी अगाडि बढाएको पनि उहाँले बताउनुभयो । चितवनमा महाधिवेशन हुने भएपछि चितवनका स्थानीयहरु पनि उत्साहित भएको पाइएको उहाँले बताउनुभएको छ ।

एमालेले दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाखको संख्यामा सर्वसाधारण उतार्ने गरि तयारी अगाडि बढाइरहेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजनाको मूल व्यवस्थापन समितिको संयोजकमा माओवादी केन्द्रका पूर्व नेता हालका एमाले स्थायी कमिटी रामबहादुर थापा बादल रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्