शेयर बजारको ओरालो यात्रा कायमै

<span class='c1'>शेयर बजारको ओरालो</span> <span class='c2'>यात्रा कायमै</span>

विराटनगर । शेयर बजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ ।

मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार ५९.५७ अंकले घटेको हो । बुधबार छठपर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द थियो । बिहीबार बजार खुलेपछि नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ मा झरेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ६३ अंकले घटेको छ ।

नेप्से परिसूचकमा नेगेटिभ सर्किट लाग्ने क्रम कायमै रहेपछि बिहीबारको कारोबार पनि सुस्ताएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार यसअघिको कारोबारमा साढे ६ अर्ब बढीको शेयर किनबेच भएपनि बिहीबार भने मात्र ५ अर्ब ११ करोडको कारोबार भएको छ ।

केहिदिन अघिसम्म लगातार बढिरहेका कम्पनीहरु आई.सी.एफ.सी र महालक्ष्मी विकास बैंकको शेयर मुल्य पनि बिहीबार सबैभन्दा धेरै घट्नेको पहिलो नम्बरमा छ । यी दुवै कम्पनीहरुको शेयर मुुल्य ९.९९ प्रतिशतले घटेको छ ।

बुधबार मात्र वृद्धि भएको इन्धनकोे मुल्यले पनि शेयर बजारमा ठुलो उतारचढाव आउने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्