लालीगुराँस साकोसको २१ औं साधारणसभा सम्पन्न

<span class='c1'>लालीगुराँस साकोसको २१</span> <span class='c2'>औं साधारणसभा सम्पन्न</span>

 

बेलबारी,

लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २१ औं साधारणसभा सम्पन्न गरेको छ ।
१६ गते शनिबार नेपाल तमु बुद्धिष्ट गुम्बाको सभाहलमा भएको कार्यक्रममा आफ्ना शेयरसदस्यहरुबीच ०७१÷७२ को आय–व्यय सार्वजनिक गरेको छ । कूल १५२१ जना शेयरसदस्य रहेको संस्थामा शेयर पूँजी १ करोड १७ लाख ५१ हजार रहेको छभने ०७१÷७२ को बचत भने ८ करोड २३ लाख ३३ हजार ७ सय ३३ रुपैया ७७ पैसा रहेको छ ।
कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाको कोषाध्यक्ष नारायण आचार्यले प्रस्तुत गरेका थिएभने संस्थाको प्रतिवेदन सचिव दुर्गाप्रसाद गौतमले गरेका थिए । हरिप्रसाद सुवेदीको अध्यक्षता भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष तिला कुमारी गौतमले स्वागत मन्तव्य गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा. डिल्ली पोख्रेल रहेका थिए ।
संस्थाले आफ्नो वार्षिक उत्सवको अवसर पारेर विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरेको छ । २०७१ सालको एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने शेयरसदस्यका छोराछोरी २ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा आकृति दाहाल र मनमोहन सुवेदी रहेका छन् । उत्कृष्ट बचतकर्तामा राजेन्द्र लिम्बू र रिता लुइटेल र उत्कृष्ट ऋणीतर्फ दुर्गाप्रसाद गौतम र शान्तिला बास्तोला सम्मानित भएका हुन् । उत्कृष्ट शेयरखरिदमा लक्ष्मीप्रसाद सुवेदी र ज्येष्ठ शेयरसदस्यमा डिल्लीबहादुर थापा त्यसैगरी हालसम्म अत्यधिक रक्तदान गर्ने मध्येबाट दुर्गाप्रसाद गौतम, सहयोगी संघसंस्थातर्फबाट पाथिभरा विकास बैंक शाखा कार्यालय, बेलबारी, विशिष्ट योगदान पु¥याउने व्यक्तिमा हर्कमान तामाङ, पूर्व सञ्चालक समितिबाट पूर्व उपाध्यक्ष माधवप्रसाद ओझालाई सम्मान गरिएको थियो । संस्थाले आफ्नो २१ औं साधारणसभाको अवसर पारेर रक्तदान कार्यक्रम पनि गरेको छ । रेडक्रस घोपाको प्राविधिक सहयोगमा ४६ जनाले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्