पहिराले ज्यान गुमाएका परिवारलाई नगरको राहत

<span class='c1'>पहिराले ज्यान गुमाएका</span> <span class='c2'>परिवारलाई नगरको राहत</span>

यहि कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर ज्यान गुमाएकी वडा नं ११ बल्यागडाकी ३६ वर्षीय मन्धरी बलायरको परिवारलाई शिखर नगरपालिकाले राहतस्वरुप रु एक लाख पाँच हजार प्रदान गरेको छ ।

नगरप्रमुख शीताराम जोशीसहितको टोलीले मृतकको घरमै गएर परिवारलाई उक्त रकम हस्तान्तरण गरेकोे हो । नगरपालिकाका तर्फबाट रु एक लाख र नगरपालिकाका लेखा अधिकृत रतन माझीको व्यक्तिगततर्फबाट रु पाँच हजार गरी रु एक लाख पाँच हजार हस्तान्तरण गरिएको नगरप्रमुख जोशीले जानकारी दिनुभयो । यही कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर मन्धरीको मृत्यु भएको थियो । असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल वर्षाका कारण उक्त नगरपालिकामा एक जनाको मृत्यु हुनाका साथै दर्जनौँ घरमा क्षति पुगेको थियो ।

बाढी र पहिराले सयौँ भौतिक संरचनामा क्षति पु¥याउनाका साथै हजाराँै रोपनी जमिन बगाएको थियो । नगरपालिका भित्र बाढी र पहिराले पु¥याएको क्षतिका बारेमा विवरण सङ्कलन भइरहेको र राहतका लागि आवश्यक पहल पनि भइरहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्