अटोरिक्सा दुर्घटनामा मृत्यु

<span class='c1'>अटोरिक्सा दुर्घटनामा</span> <span class='c2'> मृत्यु</span>

कर्णाली प्रदेशको राजधानी सुर्खेत गिरीघाटमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सुर्खेत–जुम्ला सडकखण्डमा बाङ्गे सिमलबाट गिरीघाटतर्फ जाँदै गरेको भे१ह ८४४ नंको रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर–१ सुर्खेतका ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घाइते शाहीको कर्णाली केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

दुर्घटनामा घाइते वीरेन्द्रनगर नगरपालिकाका ५३ वर्षीय लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत शाही सामान्य उपचारपछि घर फर्किएका छन् । रिक्सा आफैँ अनियन्त्रित भएर सडकको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । वीरेन्द्रनगर–१ सुर्खेतका २४ वर्षीय रिक्सा चालक रमेश शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्