ठूला व्यापारीले खाद्य वस्तुको मूल्य वृद्धि गरे , अनुगमन गर्ने भएनन्

<span class='c1'>ठूला व्यापारीले खाद्य वस्तुको मूल्य वृद्धि</span> <span class='c2'>गरे , अनुगमन गर्ने भएनन्</span>

प्रेम देवान
विराटनगर १७ असोज ।
भारतबाट दैनिक उपभोग्य सामग्रीको आपूर्ति बन्द भएपछि ठूला व्यापारीले खाद्य वस्तुको मूल्य वृद्धि गरेका छन् । ठूला व्यापारीले भन्सार विभागले मूल्यांकन शुल्क बढाएको र बन्दका कारण ढुवानी खर्च बढेको भन्दै मिलोमतो गरेर चामल र खानेतेलको मूल्यमा बढाएका हुन् ।
चामलमा प्रतिकिलो पाँच रुपैयाँदेखि १० रुपैयाँसम्म र खानेतेलमा ३० रुपैयाँ बढी थपेर उपभोक्तालाई ठग्दै आएका छन् । सोयाबिन र सनफ्लावर तेलको मूल्य वृद्धि गरिएको छ । व्यापारीले मिलोमतोमा कालोबजारी गर्न सुरु गरे पनि सरकारी निकायले नियन्त्रण गर्न कुनै कदम चालेको छैन । खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले ठूला विक्रेताले अहिले चामल र खानेतेलको उपभोक्ता मूल्यमा वृद्धि गरेको बताए । ढुवानी खर्च र भन्सार मूल्यांकन बढेको भन्दै थोक व्यापारीले मूल्य वृद्धि गरेपछि उपभोक्ता मूल्यमा वृद्धि भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्