प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा २९</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५, मोरङमा ८, सुनसरीमा ३ र इलाममा २ जनामा संक्रमण देखिएको हो ।

झापाको बुद्धशान्तिमा ४, अर्जुनधारा र हल्दिबारीमा ३–३, दमक, विर्तामोड, भद्रपुर, गौरीगञ्ज र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ४, उर्लाबारीमा २, सुनबर्षी र बेलबारीमा १–१, सुनसरीको इटहरीमा २, बर्जुमा १ र इलामको चुलाचुलीमा २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्