पौडी खेल्ने क्रममा डुबेर विद्यार्थीको मृत्यु

<span class='c1'>पौडी खेल्ने क्रममा</span> <span class='c2'>डुबेर विद्यार्थीको मृत्यु</span>

पोखरामा आज पौडी खेल्ने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ ।

भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस प्रथम वर्षमा अध्यनरत २२ वर्षीय विश्वास पुनी पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहान अन्दाजी ११ः३० बजे डुबेर बेपत्ता हुनुभएको थियो ।

खोलामा बेपत्ता हुनुभएका पुनीलाई घटनास्थलदेखि १० मिटर तल फेला पारी प्रहरीले उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणुकमार विकले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्