मेनपावरको ठगि धन्दा : पैसा एकमुष्ठ लिन्छन बिदेश पठाउदैनन

<span class='c1'>मेनपावरको ठगि धन्दा : पैसा</span> <span class='c2'>एकमुष्ठ लिन्छन बिदेश पठाउदैनन</span>

 

तेज बन / इटहरी, १७ असोज – च्याउसरी बग्रेलती सञ्चालनमा आएका इटहरी क्षेत्रका केहि मेनपावरहरुमा ठगि धन्दा मौलाएको छ । पासफोर्ट र रकम अघाडी लिने तर मान्छेलाई भनेको ठाउमा पुर्याउन महीनौ दिनसम्म झुलाउने प्रबिर्ती इटहरीको मेनपावर कम्पनीहरुमा चलेको चलन जस्तै बनीन थालेको छ ।
पछिल्लो समय यस्ता घटनाहरु बहिरी रुपमा सार्वजनीक हुने क्रा बढदै गएको छ भने ठगि गर्ने मेनपावर बिरुद्ध प्रहरी कहा उजुरीको चाङ बन्न्ो गरेको पाइएको छ । यसैबिच इटहरीकै एक मेनपावर कम्पनीको ठगी धन्दामा सुनसरीका ४ जना युवाहरु पनि नराम्रोसंग फसेका छन । उनिहरुले उक्त मेनपावर बिरुद्ध आइतबार इलाका प्रहरी कार्यालय इटहरीमा लिखित उजुरी समेत दिएका छन ।
इटहरी ५ मा रहेको युरोटेक मेनपावरले आफूहरुलाई ठगेको भन्दै इनरुवाका चार जना युवाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका हुन । इनरुवा ७ का हुसेन अन्सारी, सकिम मिया, अनवर अली र रहिस खानले मेन पावरका सञ्चालक बद्रिकुमार खड्का विरुद्ध उजुरी गरेका हुन् ।

खड्काले दुबइमा प्याकिंग कामका लागि भन्दै चार जनासँग प्रति व्यक्ति एक लाख १५ हजार रुपैयाका दरले चार लाख ६० हजार रुपैया गत जेठ ११ गते लिएर १५ दिन भित्र वदेश पठाउने कागज गरेपनि हालसम्म विदेश पनि नपठाएको र पैसा समेत फिर्ता नदिएर ठगि गरेको उनीहरुले बताएका छन् ।
विदेश उड्ने भन्दै काठमाडौंमा एक महिना बसेपनि विदेश जान नपाएपछि फर्किएका उनीहरुलाई मेनपावर सञ्चालक खड्काले ग्लोवल आइएमइको चेक दिएर पठाएका थिए । तर खड्काले दिएको चेक वाउन्स भएपछि उनीहरुले पुनः खड्कासँग पैसाका लागि ताकेका गरेपनि विभिन्न बाहना बनाएर उनी पन्छिने गरेको पिडित अनवर अलीका बुबा हैदर अलीले बताउनुभयो ।
अनेक प्रयास गर्दा पनि खड्काले पैसा नदिएपछि पिडितहरुले कालिन्चोक मेनपावरका कर्मचारी तथा पिडितका साथी रुद्र पौडेललाई पैसा फिर्ता माग्न पठाएका थिए ।

तर पैसा फिर्ता माग्न गएका पौडेल विरुद्ध खड्काले उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी गरेपछि पिडितहरु न्यायका लागि भौतारिन पुगेका छन् । पिडक भनिएका खड्का भने दुवै मोबाइल स्वीच अफ गरेर बसेका छन् । यता इलाकाप्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओमप्रशाद अधिकारीले मेनपावरले ठगि गरेको बिषयमा पिडितहरुले लिखित उजुरी दिइसकेकोले दोषीमाथि छानबिन गरी पिडितहरुलाई न्याय दिलाउन कुनै कसर बाकी नछाडने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्