सर्वाेच्च अदालतमा दशवटा इजलास ताेकियाे

<span class='c1'>सर्वाेच्च अदालतमा दशवटा</span> <span class='c2'>इजलास ताेकियाे</span>

काठमाडौं । सर्वोच्च अदातलका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबारका लागि दुई एकल इजलास र आठ संयुक्त इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आन पनि सबै खाले मुद्दाको पेशी तोक्नुभएको सर्वोच्चले जनाएको छ ।

सर्वोच्चका अनुसार जबरालेआज आफ्नो लागि पनि एकल इजलास तोक्नुभएको छ । सर्वोच्चका अनुसार न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्का, हरिकृष्ण कार्की र टंकबहादुर मोक्तान, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, वमकुमार श्रेष्ठ र नहकुल सुवेदी, प्रकारकुमार ढुंगाना र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाल, तेजबहादुर केसी र डा. कुमार चुडाल, तेजबहादुर केसी र डा. कुमार चुडालका लागि संयुक्त इजलास तोकिएको छ ।

त्यस्तै प्रधानन्यायाधीश जबराले आफ्नो लागि र न्यायाधीश डा. मनोजकुमार शर्माका लागि एकल इजलास तोक्नुभएको छ । यता प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आज पनि कानुन व्यवसायीहरुले प्रदर्शनको गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्