विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १३, रंगेलीमा ३ र बेलबारीमा २, झापाको मेचीनगर र भद्रपुरमा ५–५, दमकमा २, विर्तामोड, बुद्धशान्ति, शिवसताक्षी, बाहृदशी र अर्जुनधारामा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र गढीमा १, इलामको चुलाचुली र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र २२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।