के रुखले घामलाई धोका दिएकै हो त ?

<span class='c1'>के रुखले घामलाई धोका</span> <span class='c2'>दिएकै हो त ?</span>

१८ असोज, काठमाडौं । प्रमुख तीन दलको बैठकमा सरकार गठनबारे ठोस प्रस्ताव नआएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बहिस्कारको शैलीमा उठेर हिँडेका छन् ।
एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भोलिपल्ट आज बालुवाटारमा तीनदलको बैठक बसेको थियो । लगत्तै प्रधानमन्त्री सुशील कोइरालाले सहमतीय सरकार गठनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएकाले तीन दलमा यसबारे ठोस छलफल हुने ओलीको अपेक्षा थियो ।
बैठकको सुरुमा नै ओलीले सरकारबारे ठोस रुपमा कुरा गरौं, मेरो पनि केही भन्नु छ भनेका थिए । तर, त्यसको कुनै सुनुवाइ भएन ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले नयाँ सरकारको विषय प्रवेश वैठकमा त गराए । तर, पार्टीहरुले औपचारिक निर्णय पनि गर्नुर्पयो भन्दै तर्काएपछि ओली उठेर हिँडे ।
कोइरालाको प्रस्तुतिपछि ओलीसहितका एमाले नेताहरु उठेर हिँडेको बालुवाटार स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्