नेपाल आयल निगम वीरगञ्ज डिपोका प्रमुख मोर्चाका कार्यकर्ताको नियन्त्रणमा

<span class='c1'>नेपाल आयल निगम वीरगञ्ज डिपोका</span> <span class='c2'>प्रमुख मोर्चाका कार्यकर्ताको नियन्त्रणमा</span>

विराटनगर १८ असोज । तेल आयातको अवस्था बुझ्न रक्सौल जाँदै गरेका नेपाल आयल निगम वीरगञ्ज डिपोका प्रमुख अशोक साहलाई मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । साहलाई आन्दोलनमा समर्थन गर्न दबाब दिंदै मोर्चा कार्यकर्ताले जबरजस्ती धर्नामा बसाएका छन् । मितेरी पुल नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा पर्छ । नियन्त्रणमा लिएर मोर्चा कार्यकर्ताले साहमाथि कुटपिट पनि गरेका थिए । साह अर्का सहयोगीसहित मोटरसाइकलमा रक्सौल जाँदै थिए । मोर्चाका कार्यकर्ताले साहका सहयोगीलाई पनि नियन्त्रणमा लिएका छन् ।
०००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्