विराटनगर । इलाममा चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ चाँपगैरीका ३० बर्षीय चक्र मुखिया रहेका छन् । सोमबार बेलुकी राती करिब ७ बजे काका मानबहादुर मुखियाको घरमा मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा उनले आफ्नै दाजु ३५ बर्षीय इच्छा मुखियालाई लाई चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेबाट खटिएको प्रहरी टोलीले मुखियालाई पक्राउ गरेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।