औषधिजन्य सामग्रीको आयात गर्न नपाउँदा झापाका दुई अस्पतालको डायलोसिस सेवा बन्द

<span class='c1'>औषधिजन्य सामग्रीको आयात गर्न नपाउँदा झापाका</span> <span class='c2'>दुई अस्पतालको डायलोसिस सेवा बन्द</span>

बिराटनगर असोज १८

भारतीय नाकाबन्दीले औषधिजन्य सामग्रीको आयात गर्न नपाउँदा झापाका दुई अस्पतालको डायलोसिस सेवा बन्द भएको छ । भद्रपुरको ओमसाई पाथीभरा हस्पिटल र विर्तामोडको विर्ता्सिटी हस्पिटलको मिर्गौला उपचारसम्बन्धी डायलोसिस सेवा विगत तीन दिनदेखि बन्द भएको हो । डायलोसिसका लागि चाहिने सामान भारतबाट आयात गर्न नपाउँदा सेवा बन्द गर्न बाध्य हुनपरेको ओमसाई पाथीभरा हस्पिटलका निर्देशक बालकुमार पोखरेलले बताउनुभयो । डायलोसिस सेवा बन्द हुँदा बिरामी मर्कामा परेको र उनीहरूले उपचार अभावमा भाँैतारिरहन परेको विर्ता सिटी हस्पिटलका अध्यक्ष गोपालकुमार बस्नेतले बताउनुभयो । इन्धन आपूर्ति सहज नभए जेनेरेटर चलाउन सम्भव नहुने र त्यसबाट आइसियु र एनआइसियु सेवासमेत प्रभावित हुने अस्पतालले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्