गत आवमा सबैभन्दा बढी कर तिर्नेमा संस्थागततर्फ नेपाल टेलिकम

<span class='c1'>गत आवमा सबैभन्दा बढी कर</span> <span class='c2'>तिर्नेमा संस्थागततर्फ नेपाल टेलिकम</span>

काठमाडौं आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनि लिमिटेर रहेको छ ।

बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसरमा पारेर आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने १५ संस्थालाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ ।
गत वर्ष संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकमले सर्वाधिक कर तिरेको विभागले जनाएको छ । त्यस्तै, व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शम्शेर जबराले सर्वाधिक कर तिर्नुभएको छ ।

यसैगरी, कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल र पर्यटनतर्फ तारागाउँ रिजेन्सीले सर्वाधिक बढी कर तिरेको छ ।
त्यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड, बिमा कम्पनीतर्फ नेपाल पुनर्बिमा कम्पनी र सरकारी तथा लघु वित्ततर्फ छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विभागले सम्मानित गरेको छ ।

जलविद्युत्मा हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि रहेको जनाइएको छ । त्यस्तै, व्यापारतर्फ भाटभटेनी र विशेष उद्योगतर्फ एसियन पेन्ट्सलाई सबैभन्दा बढी कर तिर्ने कम्पनी रहेका छन् ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) सूर्य नेपालले तिरेको छ भने सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्नेमा घोराही सिमेन्ट इण्डष्ट्रिज लिमिटेडलाई सम्मानित गरेको छ ।

मध्यमस्तरीय करदाता कार्यालयबाट सबैभन्दा बढी कर बुझाउनेमा भने कर्जा सूचना केन्द्र रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्