विराटनगर । डाका मुद्दामा छ वर्ष कैद र ७४ हजार ५५० जरिवाना ठहर भएका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पाँचवर्ष अगाडी २०७३ चैत ७ गते जिल्ला अदालत मोरङको फैसलापछि फरार रहेका बेलबारी–७ का ५६ वर्षीय टंकनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार उनलाई इलका प्रहरी कार्यालय बेलबारीले कार्तिक ३० गते पक्राउ गरेको थियो । पत्राउपछि उनलाई अदालतमा पेश गरेसँगै मोरङ कारागार कार्यालय विराटनगर चलान गरिएको छ ।