डोजर पल्टिँदा चालकको मृत्यु

<span class='c1'>डोजर पल्टिँदा</span> <span class='c2'>चालकको मृत्यु</span>

बङ्गलाचुली । बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ ।

सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो । बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्