मेची नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सुरु

<span class='c1'>मेची नदीमा झोलुङ्गे पुलको</span> <span class='c2'>निर्माण कार्य सुरु</span>

 बिराटनगर असोज २०

झापाको भद्रपुर नगरपालिका– १ स्थित मेचीपारीको गाउँलाई मध्यनजर गर्दै मेची नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सुरु गरिएको छ । नेपाल सरकारको लागतमा भ्याट वाहेक रु २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयामा पुलको निर्माण कार्य सुरु भएको जिल्ला प्राविधिक कार्यालयका झापाका प्रमुख जिल्ला इन्जिनियर शुसील श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार निल गिरी सेवा प्रालि बानेश्वर काठमाडौले पुलको निर्माणको जिम्मा लिएको छ । निल गिरीसंग भदौ ७ गते ठेक्का सम्र्झौता भएको र गत असोज ११ गतेबाट पुलको विधिवत उद्घाटन सुरु गरी निर्माण कार्य प्रारम्भ भएको प्रमुख जिल्ला इन्जिनियर श्रेष्ठले बताउनुभयो । पुलको लम्वाई २ सय ८० मिटर र चौढाई १३ मिटर रहने बताइएको छ ।००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्