दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

<span class='c1'>दुर्घटनामा सशस्त्र प्रहरी नायब</span> <span class='c2'>निरीक्षकको  मृत्यु</span>

सुनसरी । कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दूधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष बस्नेत रहेको प्रदेश–१स्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिनुभयो ।

दक्षिणतर्फ जाँदै गरेको को १ व २४३८ नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सख्त घाइते बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्