अफगान सुरक्षा बलद्वारा काबुलमा आइएस लडाकुलाई मारिए

<span class='c1'>अफगान सुरक्षा बलद्वारा काबुलमा</span> <span class='c2'>आइएस लडाकुलाई मारिए</span>

एजेन्सी । अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट (आईएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एक जना लडाकुलाई मारेको तालिवान अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

"इस्लामिक इमिरेट्सका सुरक्षा बलहरूले बुधबार राति खैरखाना जिल्लाको सराई-ए-शामली इलाकामा आइएस समूह लुकेको ठाउँलाई निशाना बनाएर एक विद्रोहीलाई मारेका छन् र अरू केहीलाई गिरफ्तार गरेका छन्," इनामुल्लाह समंगानीले आफ्नो ट्विटरमा लेखेका छन् । बुधबार दिउँसो काबुल शहरको प्रहरी जिल्ला १३ दशती बर्ची क्षेत्रमा भएको दुईवटा बम विष्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै तीन महिलासहित छ जना घाइते भएका थिए । काबुल विगत केही दिनयता हिंसात्मक घटनाको केन्द्र बनेको छ ।

कट्टरपन्थी आइएसले बुधबार भएको दुईवटा विष्फोटको जिम्मेवारी लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्