काँग्रेस कैलालीका सबै पालिकामा देउवा पक्षको जित

<span class='c1'>काँग्रेस कैलालीका सबै पालिकामा</span> <span class='c2'>देउवा पक्षको जित</span>

कृतबहादुर बिष्ट
फूलवारी (कैलाली) । नेपाली काँग्रेस कैलालीको पालिका अधिवेशनमा १३ वटै स्थानिय तहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षका सभापतिहरुले बिजय हासिल गर्नुभएको छ ।

कात्तिक ३० गते भएको पालिका अधिवेशनबाट जिल्लाका सबै स्थानिय तहमा काँग्रेस सभापति देउवा पक्षका उम्वेदवारहरुले सभापतिमा बिजय हासिल गर्नुभएको हो ।

जसअन्तर्गत देउवा पक्षका धनगढी उपमहानगरपाकिकामा यज्ञराज उपाध्याय, गौरिगंगा नगरपालिकामा पहलविक्रम चन्द, लम्कि–चुहा नगरपलिकामा इन्द्र कुँवर, टीकापुर नगरपालिकामा नरेश खत्री, भजनी नगरपालिकामा नवराज मिश्र, चुरेगाउँपालिकामा हेम शाह, जानकी गाउँपालिकामा गणेश रेग्मी विजयी हुनुभएको छ ।

सोहीअनुसार बरदगोरियामा कृष्ण विष्ट, कैलारी गाउँपालिकामा कृष्ण चौधरी, मोहन्यालमा कमल साउँद, जोशीपुरमा वसिराम चौधरी, गोदावरी नगरपालिकामा वीरवहादुर चोखाल र घोडाघोडी नगरपालिकामा वमवहादुर सिंहको समूहले जित हासिल गरेको काँग्रेस कैलालीका जिल्ला सदस्य तथा प्रचार–प्रसार समितिका संयोजक नृपबहादुर सुनारले जानकारी दिनुभयो ।

बुधबार भएको अधिवेशममा १३ वटा पालिकामध्ये चारवटा पालिकामा सर्वसम्मत नेतृत्व छानिएको सुनारले जानकारी दिनुभयो । यस्तै, धनगढी उपमहानगरपालिकाको सभापतिमा सहमति भए पनि अन्य पदाधिकारीमा सहमतिको प्रयास भइरहेको सुनारले जानकारी दिनुभयो ।

कैलालीमा मंसिर ३ गते हुने प्रदेश अधिवेशन ६ गते हुने क्षेत्रीय अधिवेशन र १० गते हुने जिल्ला अधिबेशन कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्