फरार प्रतिवादी पक्राउ

<span class='c1'>फरार प्रतिवादी</span> <span class='c2'>पक्राउ</span>

देवघाट । प्रहरीले हातहतियार खरखजना मुुद्दाका फरार प्रतिवादीलाई नौ महिनापछि पक्राउ गरेको छ । देवघाट गाउँपालिका–२ बैदीका ३९ वर्षीय मीनबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ जिल्ला अदालतको २०७७ फागुन २१ गतेको फैसलाले मगरलाई दुई महिना नौ दिन कैद सुनाएको थियो । अदालतको फैसलापछि उनी फरार थिए । मगरलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालतसमक्ष पेस गरिएको छ । उनलाई बाँकी कैद भुक्तानका लागि अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो समय चोरी, डकैती, लागूऔषध दुव्र्यसनी र सवारी दुर्घटनामा न्यूनीकरण आएको प्रहरीले जनाएको छ । सवारीसाधन जाँचमा तीव्रताका साथै प्रहरीले गस्तीसमेत बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्