विवादित तीन कृषि कानुन खारेज गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

<span class='c1'>विवादित तीन कृषि कानुन खारेज</span> <span class='c2'>गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा</span>

काठमाण्डाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित तीन कृषि कानुन खारेज गर्ने घोषणा गर्नु भएको छ ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यी तीन कानुन फिर्ता लिने घोषणा गर्नु भएको हो । कृषि क्षेत्रको सुधारका लागि भन्दै सरकारले यी कानुन ल्याए पछि किसानहरु एक वर्षभन्दा लामो समयदेखि लगातार आन्दोलनमा थिए।

प्रधानमन्त्री मोदीले यी कानुन खारेज गर्ने बताए पछि किसानका सङ्गठनहरुले यसलाई आफ्नो विजयी भएको रुपमा लिएका छन् । मोदीले यो महिनाको अन्तिममा सुरु हुने संसद् बैठकमा विवादित कृषि कानुन खारेज गर्न संवैधानिक प्रक्रियाको पूरा गर्ने बताउनु भएको छ।

यस्तै, उहाँले आन्दोलनरत किसानलाई घर फर्किन पनि आग्रह गर्नु भएको छ । तर किसानका नेताले भने यी कानुन खारेज नभएसम्म आन्दोलन फिर्ता नहुने बताएका छन्।

फाेटाे:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्