विदेशमा हात गुमाएकालाई उपचार खर्च

<span class='c1'>विदेशमा हात गुमाएकालाई</span> <span class='c2'>उपचार खर्च</span>

विराटनगर, २० असोज
हेल्थ नेपाल सोसाईटी विराटनगरले भोजपुर घर भएका एक अपाङ्गगता भएका व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । सोसाईटीले आज विराटनगरमा पत्रकार सम्मेलन गरी भोजपुर घर भएका २७ वर्षिय देवन राईलाई नगद ४० हजार ४ सय ४४ रुपैयाँ सहयोग गरेको हो ।
रोजगारीको सिललिमा मलेसिया पुगेका राई ३ महिना मै काम गर्ने क्रममा दाया हात मिसिनले चुडाई गुमाएका थिए । सोसाईटीले विदेशमा रोजगार गर्दै आएका यूवाहरुबाट रकम संकलन गरी अपङ्गगता हुनुभएको राईलाई सहयोग गरेको थियो । सोसाईटीले गाऊको माया फेशबुक पेजमाफर्त सहयोग जुटाएको हेल्थ सोसाईटीका अध्यक्ष रनबहादुर मगरले जानकारी दिनुभयो ।
..............

०००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्