सुकेटार विमानस्थल निर्माण कार्य विचैमा रोकियो

<span class='c1'>सुकेटार विमानस्थल निर्माण</span> <span class='c2'>कार्य विचैमा रोकियो</span>

विराटनगर २० असोज ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा भईरहेको निर्माण कार्य रोकिएको छ । मधेस बन्द र सिमा नाका नखुल्दा भएको ईन्धन अभावको कारण निर्माण कार्य प्रभावित बनेको हो । बिमानस्थलमा अहिले कालोपत्रेको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका ठेकदार बल थापाले जानकारी दिए । गत चैतमा नै सकिनुपर्ने भए पनि ढिस्कोको माटो फाल्नुपर्ने थप काम आएको र पहिले प्रतिकूल मौसम र बन्द हड्ताल साथै अहिले नाका बन्दका कारण पेट्रोलिय पदार्थ नपाउँदा काम लम्बिएको निर्माण कम्पनीले जनाएको हो । नौ सय ५० मिटरको धावनमार्ग कालोपत्रे गर्ने काम भने सम्पन्न भईसकेको छ । विश्वको तेस्रो अग्लो कञ्चनजंघा र प्रशिद्ध धार्मिकस्थल पाथिभरा भएको जिल्लामा हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् । कालोपत्रे सुरु नहुँदासम्म नेपाल वायु सेवा निगम र तारा एयरले गरी सातै दिन काठमाडौं–ताप्लेजुङ उडान हुँदै आएको थियो ।
००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्