एमाले सचीव पदमा नेता गुरु बरालको उम्मेद्वारी घोषणा

<span class='c1'>एमाले सचीव पदमा नेता</span> <span class='c2'>गुरु बरालको उम्मेद्वारी घोषणा</span>

नेकपा एमालेको आसन्न दशौं महाधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्यमा गुरु बरालले सचिव पदमा उमेद्ववारी दिने घोषणा गर्नुभएको छ । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा ४५ बर्ष लामो अनुभव भएका नेता बरालले सचिव पदमा उमेद्ववारी दिने हुनुभएको हो ।

राजनीतिक क्षेत्रका ईमान्दार तथा अध्ययनशिल नेताको छवि बनाउनु भएको बराल विराटनगर महानगरपालिका वार्ड नम्बर १२ को स्थानीय बासिन्दा समेत हुनु हुन्छ ।

उहाँ २०४९ सालको पाँचौ महाधिवेशन देखि निरन्तर केन्द्रीय कमिटिमा हुनुहुन्छ । उहाँले कोशी अंचल इन्चार्ज र केन्द्रीय संगठन विभागको सदस्यका रुपमा कुशलतापूर्वक भूमिका निर्वाह गरिसक्नुभएको छ । अहिले उहाँ नेकपा एमालेको राजकीय मामिला विभागको प्रमुख हुनुहुन्छ ।  नेता बराल जननेता मदन भण्डारीको प्रत्यक्ष नेतृत्वमा १७ बर्षको राजनीतिक दिक्षाले जवजको शैद्धान्तिक तथा वैचारिक निखार भएको नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँ विकास राजनीतिमा विशेष दख्खल राख्नुहुन्छ । विकास राजनीतिको कार्यमूलक नीति अनुसन्धानमा निरन्तर कृयाशिल रहनुभएको छ । 

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष रहनु भएको उहाँकै नेतृत्वमा मोरङ उर्लाबारीमा मदन भण्डारी संग्राहलय संचालित छ । नेता बराल जननेता भण्डारीका शैधान्तिक, राजनीतिक दस्तावेजहरुको संरक्षण तथा प्रकाशनका साथै नेपाली कम्युनिष्ट आन्दोलनका दस्तावेजहरुको विद्युतीय संरक्षण कार्यमा समेत संलग्न हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्