पहिरोले पुरिएर एकै परिवारका दुईको मृत्यु

<span class='c1'>पहिरोले पुरिएर एकै</span> <span class='c2'>परिवारका दुईको मृत्यु</span>

तेह्रथुम, असोज २१

तेह्रथुम जिल्लाको खाम्लालुङ्ग गाविसमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

घरमाथीबाट पहिरो खस्दा खाम्लुङ गाविस ६ बस्ने ४८ वर्षिय लोकेन्द्र कुरुङवाङ र निजको ८ वर्षिय छोरा संगम कुरुङवाङको घटनास्थलमै मृत्यु भएको हो।

पहिरोमा परी लोकेन्द्रकी ४६ वर्षिया पत्नी रेश्मा र १६ वर्षिया छोरी सन्ध्या घाइते भएकी छन्। घाइते दुबै जनालाई आठराई अस्पताल पुर्‍याईएको छ।

बुधबार राती करिब २ बजे सोही गाविसमा ६ पर्ने फलामे साँघु जलबिधुत आयोजनाको कुलो भत्कींदा उनको घरमाथीबाट पहिरो खसेर घर पुरिएको हो।

पहिरोले कुरूङवाङ परिवारको दुई वटा भैसी र चार वटा बाख्रासमेत पुरिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी निरीक्षकसहितको टोली खटिगई घाइतेहरुको उद्दार गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्