ट्राफिक नियम उलङघन गर्ने जो कोहीलाई पनि नछाड्ने : एसपी पवन गिरी

<span class='c1'>ट्राफिक नियम उलङघन गर्ने जो कोहीलाई</span> <span class='c2'>पनि नछाड्ने : एसपी पवन गिरी</span>

ईटहरी २१ असोज ।
पूर्वाञ्चल क्षेत्रयि ट्राफिक प्रहरी कार्यालय इटहरीमा हालै नया प्रहरी प्रमुखको जिम्मेवार सम्हाल्नु भएका एसपी पवन गिरीले ट्राफिक नियम उलङघन गर्ने जो कोहीलाई पनि कडा कार्वाही गर्न तयार रहेको बताउनु भयो । सुनसरीको इटहरीमा आज पत्रकारहरुसंग कुराकानी गर्दै एसपी गिरीले यस्तो बताउनु भएको हो । पूर्वाञ्चल ट्राफिक प्रहरी कार्यालय भवनमा भएको पत्रकार सम्मेलनमा एसपी गिरीले नेपालको बिभिन्न क्षेत्रहरुको तुलनामा पूर्वाञ्चल क्षेत्रमा सवारी साधनहरुको दुर्घटना स्थिती भयावह रहेको र यस्लाई नियन्त्रण गर्ने निकायहरु आफैमा गैर जिम्मेवार रहेको बताउनुभयो । यस्तो स्थितिलाई तत्काल नियन्त्रणका लागि पूर्वका १६ वटै जिल्लामा ट्राफिक नियम सम्बन्धि बिशेष जनचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अघी बढने एसपी गिरीले बताउनुभयो ।
०००००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्