दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

<span class='c1'>दुर्घटना हुँदा मोटरसाइकल</span> <span class='c2'>चालकको मृत्यु</span>

अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकमा बागमती प्रदेश०२–०३०प ०१६८ नंको मोटरसाइकल प्रदेश नं ३–०१–००३क ७८५१ नंको टिपरसँग ठोक्किएर आज दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–६ राष्ट्रिय वाणिज्य बैंक अगाडि मोटरसाइकलले टिपरलाई दाहिने साइडबाट ओभरटेक गर्ने क्रममा सडक डिभाइडरमा ठोक्किर टिपरको पछाडिको चक्कामा परी दुर्घटना हुँदा काभ्रे रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौँ कलङ्की बस्ने २२ वर्षीय मिलन तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते तामाङको भक्तपुर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । प्रहरीले टिपर चालक काभ्रे मण्डनदेउपुर नपा–१० घर भई हाल काठमाडौँ चाबहिल बस्ने २८ वर्षीय सोमबहादुर लामा र दुर्घटनामा परेका दुवै सवारीलाई नियन्त्रणमा लिई प्रहरी बृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्