आफ्नै साथीको घाँटी रेट्ने चारजना पक्राउ

<span class='c1'>आफ्नै साथीको घाँटी</span> <span class='c2'>रेट्ने चारजना पक्राउ</span>

झापा २१ असोज । आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको अभियोगमा चारजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका निवासी राम तामाङ, सोही ठाउँका राजेश खड्का, दीपक तामाङ र मिलन काफ्ले रहेका छन् । उनीहरुमध्ये राम तामाङलाई झापाको काँकडभिट्टा र अन्य तीनजनालाई शनिअर्जुन नगरपालिकाबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित विरिङ पुलमा बुधबार घाँटी रेटेर शनिअर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय जीतबहादुर भनिने डिकबहादुर विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताउनुभयो । पक्राउ परेकालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो ।
००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्