दिर्घ राेग नभएका १२ देखि १८ वर्षमुनिका बालबालिकालाई पनि फाइजर खोप ( खाेपकेन्द्रकाे सूचीसहित)

<span class='c1'>दिर्घ राेग नभएका १२ देखि १८ वर्षमुनिका</span> <span class='c2'>बालबालिकालाई पनि फाइजर खोप ( खाेपकेन्द्रकाे सूचीसहित)</span>

काठमाण्डाै । दीर्घ रोग नभएका १२ देखि १८ वर्षमुनिका बालबालिकाले पनि कोभिडविरुद्धको फाइजर खोप लगाउन पाउने भएका छन् ।

आजदेखि १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार खोपका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । जन्मदर्ता वा परिचय खुल्ने सरकारी कागजात लिएर तोकिएको अस्पतालमा गए १२ देखि १८ वर्ष मुनिका बालबालिकाले खोप पाउने छन् ।

फाइजर खोपका लागि सरकारले यस अघि तोकेको २४ वटा अस्पतालमा जानु पर्ने हुन्छ । हिजोसम्म यो खोप १२ वर्षदेखि १८ वर्ष मुनिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । दीर्घ रोग भएकाहरुलाई दिएर खोप बाँकी रहेकाले अन्यलाई पनि यो खोप दिन लागिएको हो ।

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट नेपालले प्राप्त गरेको एक लाख ६ सय २० डोज खोप गएको कात्तिक २८ गतेदेखि दीर्घ रोग भएकालाई लगाउन थालिएको थियो ।

खोपका लागि काठमाण्डौ उपत्यकामा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रीवी शिक्षण अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण गरी आठवटा खोप केन्द्रबाट फाइजर खोप लगाइरहेको छ ।

यस्तै काठमाण्डौ उपत्यका बाहिर प्रमुख अस्पतालबाट पनि फाइजर खोप लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्