इन्टरपोल महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक थापा क्षेत्री टर्की प्रस्थान

<span class='c1'>इन्टरपोल महासभामा सहभागी हुन प्रहरी</span> <span class='c2'>महानिरीक्षक थापा क्षेत्री टर्की प्रस्थान</span>

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९ औँ महासभामा सहभागी हुन टर्की प्रस्थान गर्नुभएको छ ।महानिरीक्षक क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा संचालन हुने इन्टरपोलको ८९ औं महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

इन्टरपोल नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीसँग महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधानसमेत त्यसतर्फ प्रस्थान गर्नुभएको केन्द्रीय प्रहरी कार्यलयले जनाएको छ ।

उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निराज बहादुर शाही, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बधाई दिनुभयो ।

१९४ इन्टरपोल सदस्य राष्ट्रका हेड अफ एनसिबि तथा प्रतिनिधिहरु सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिवेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने, नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निणर्य हुने लगायतका कार्यक्रम रहेको छ ।

यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि फेडेरेटेट स्टेट्स अफ माईक्रोनेसियाले आवेदन गरेको छ । महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबखिन जस्ता अपराधलगायतका विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुने जनाएको छ ।

साथै, नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दक्षिण कोरिया र बंगलादेशसँगसमेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्