बाघको छालासहित दुई पक्राउ

<span class='c1'>बाघको छालासहित</span> <span class='c2'>दुई पक्राउ</span>

दाङ । दाङमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका–५ का ३१ वर्षीय महेन्द्र खड्का रहेका छन् ।

दुवै जना आठ फिट दुई इन्च लम्बाइ र एक फिट आठ इन्च चौडाइ भएको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । आइतबार राति पक्राउ परेका दुवै जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । चौधरी र खड्कालाई घोराही उपमहानगरपालिका–१६ गरुवा चोकबाट पक्राउ गरिएको हो ।

रा३प २६६ नंको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा उनीहरु बाघको छालासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्