बाँकेमा एक हजार बालबालिकालाई फाइजर खोप लगाईंदै

<span class='c1'>बाँकेमा एक हजार बालबालिकालाई</span> <span class='c2'>फाइजर खोप लगाईंदै</span>

सिराज खान
नेपालगञ्ज । बाँकेमा मंगलबार १२ वर्षदेखि १७ वर्ष सम्मका एक हजार बालबालिकालाई फाइजर खोप लगाइँदैछ ।

एक हजार बालबालिकालाई कोभिड—१९ विरुद्धको फाइजर खोप लगाउन लागिएको जिल्लाका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो ।
भ्याक्सिन सीमित भएकाले पहिले आउने बालबालिकाहरुलाई पहिलो प्राथमिकता दिने गरी जन्ममिति खुलेको वा उमेर खुल्ने प्रमाणपत्रका आधारमा खोप लगाइने उहाँले जानकारी दिनुभयो ।

अधिकृत श्रेष्ठका अनुसार विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म खोप दिइनेछ । सोमबारसम्म दीर्घरोगी तथा १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरु गरेर ६५० जनालाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो । फाईजर खोप यसअघि कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने कार्यक्रम तय गरिएको भएपनि खोप बाँकी भएपछि मङ्सिर ७ गते अर्थात् मंगलबारसम्म लगाइने भएको हो ।

खोप लगाउन १२ देखि १७ वर्ष उमेरका ठूलो संख्यामा बालबालिकाहरु भेरी अस्पतालमा पुगेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

भेरी अस्पतालमा फाइजर खोप लगाउँदै बालबालिकाहरु । तस्विर: सिराज खान । नेपालगञ्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्