विराटनगर २२ असोज ।
झोराहाट गाविसमा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि सेवा प्रदायक निकायहरुमा निगरानीका लागि बनेको निगरानी समिति बिहिबार पुनर्गठन गरिएको छ । इन्सेक विराटनगरको आयोजनामा स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत श्यामकुमार सरदारको अध्यक्षतामा १५ सदस्यीय निगरानी समिति पुनर्गठन भएको हो ।
कार्यक्रममा इन्सेक विराटनगरकी कार्यक्रम संयोजक वागमती कट्टेलले निगरानी समितिले निर्वाह गर्नु पर्ने काम, कर्तव्य र अधिकार तथा आचारसंहिताको बारेमा जानकारी गराउनु भएको थियो । निगरानी समितिले गाविसमा भएका सेवाप्रदायक निकायले दिइने सेवा–सुविधाको बारेमा स्थानीय जनतालाई सचेत गराउने जनाइएको छ । कार्यक्रममा नेपाली काँग्रेसका छत्रपति लुइटेल, एमालेका युवराज खनाल, एमाओवादीका अमरलाल माझी, राप्रपाका गोपाल न्यौपाने, पशु सेवा केन्द्रका योगराज बुढाथोकी, कृषि सेवा केन्द्रका माधवप्रसाद उपाध्यायलगायतले निगरानी समितिले निष्पक्ष रुपमा सेवा प्रदायक निकायमा निगरानी गर्ने विचार राख्नुभयो । सो कार्यक्रम गाविस सचिव सीताराम घिमिरेको प्रमुख आतिथ्यमा र श्यामकुमार सरदारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
००००००