श्रीलंकामा डुंगा पल्टिँदा ६ जनाको मृत्यु ११ जना घाइते

<span class='c1'>श्रीलंकामा डुंगा पल्टिँदा ६ जनाको</span> <span class='c2'>मृत्यु ११ जना घाइते</span>

एजेन्सी । पूर्वी श्रीलंकामा मङ्गलबार बिहान डुंगा पल्टिँदा चार विद्यालयका बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार किन्निया, त्रिन्कोमालीमा पल्टिएको डुंगामा धेरै विद्यालयका बालबालिका सवार थिए । नौसेना र गोताखोरहरू तत्काल खोजी र उद्धार कार्यमा संलग्न भएका थिए। प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार त्यस क्षेत्रमा ठूलो भीड जम्मा भएको थियो र केही स्थानीय स्वयंसेवकहरूले पनि बेपत्ता व्यक्तिहरूको खोजीमा नौसेनालाई सहयोग गरिरहेका थिए। बेपत्ताको सूचीमा केही विद्यालयका बालबालिका पनि छन् । घाइते ११ जनालाई नजिकैको राज्य अस्पतालमा भर्ना गरिएको छ।

अत्यधिक यात्रु चापका कारण डुंगा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेर थप अनुसन्धान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्