काठमाण्डौको न्यूनतम तापक्रम बढ्यो

<span class='c1'>काठमाण्डौको न्यूनतम</span> <span class='c2'>तापक्रम बढ्यो</span>

काठमाण्डाै । काठमाण्डौको न्यूनतम तापक्रम आज बढेको छ । हिजो घटेर ८ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम आज भने बढेको हो ।

मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । गएराति आकाशमा बादल लागेकाले तापक्रम बढेको हो । यस्तै, आज अधिकतम तापक्रम पनि बढ्ने पूर्वानुमान गरिएको छ । आज अधिकतम तापक्रम २१ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

हिजोको अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो छ । दिउँसाे भने धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । केही ठाउँको मौसम भने आज पनि आंशिक बद्ली हुनेछ ।

फाेटाे:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्