रानी भन्सारबाट भित्रदै तेलका ट्याकर

<span class='c1'>रानी भन्सारबाट भित्रदै</span> <span class='c2'>तेलका ट्याकर</span>

विराटनगर २२ असोज ।
जोगवनी रानी भन्सारमा हिजो एक मात्र तेलको ट्याकर नेपाल भित्रिएको आज जोगवनी नाकाबाट भारतले इन्धनलाई प्राथमिकतामा राखेर मालबहाक सवारी साधन पठाउन थालेको छ । विहान सवा ११ बजेसम्म डिजेल र पेट्रोलका २७ ट्यांकर भित्रिएका छन् । २३ ट्यांकर डिजेल र चार ट्यांकर पेट्रोल भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । नौ वटा ग्यास बुलेट भित्रिएका छन् । बिहीबार एउटा मात्र ग्यास बुलेट पठाएर त्यसपछि इन्धन पठाउन रोक लगाएको भारतले आज विहानदेखि भने इन्धनलाईनै प्राथमिकता दिइरहेको हो । विहानसम्म विराटगर भित्रिएका ४४ वटा गाडीमध्ये ३६ वटा इन्धनकै छन् । अन्य चारवटा गाडीमा औद्योगिक कच्चा पदार्थ र आलु रहेको विराटनगर भन्सार प्रमुख कृष्ण बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार भारतीय अधिकारीहरुसँग इन्धनमाको कडाइबारे गुनासो गरिएपछि आज विहानैबाट भारतीयपक्षले इन्धनलाई प्राथमिकतामा राखेर मालबहाक सवारी साधन पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्