सर्वोच्चमा आज ‘फुलकोर्ट’ बैठक बस्दै, गोलाप्रथा लागू गर्ने तयारी

<span class='c1'>सर्वोच्चमा आज ‘फुलकोर्ट’ बैठक बस्दै,</span> <span class='c2'>गोलाप्रथा लागू गर्ने तयारी</span>

काठमाडौं । सर्वोच्च अदालतमा आज ‘फुलकोर्ट’ बैठक बस्दैछ । सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बिहीबार दिउँसो २ बजे फुलकोर्ट बैठक बस्न लागेको जानकारी दिनुभयो ।

गोलाप्रथा प्रक्रियाबाट पेशी कहिलेबाट तोक्ने भन्नेबारे निर्णय गर्न आज फुलकोर्ट बैठक बस्न लागेको हो । प्रशासनले पनि आज फुलकोर्ट बैठक बस्न लागेको जनाएको छ । तर, बैठकको एजेण्डबारे सर्वोच्च प्रशासनले जानकारी गराएको छैन । यता, नेपाल बार एशोसिएसनले आजै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म ‘मार्चपास’ गर्दैछ । जबराको राजीनामालाई मुख्य एजेण्डा बनाएको बारले विगत एक महिनादेखि विरोध कार्यक्रम जारी राखेको छ ।

यसअघि बारले बुधबार देशभरका उच्च अदालतमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा विरोध प्रदर्शन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्