मङ्सिर १५ देखि गोलाप्रथाबाट पेशी ताेक्ने निर्णय

<span class='c1'>मङ्सिर १५ देखि गोलाप्रथाबाट</span> <span class='c2'>पेशी ताेक्ने निर्णय</span>

काठमाडौं । सर्वोच्च अदालतमा आगामी बुधबारदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ ।

बिहीबार दिउँसो बसेको 'फुलकोर्ट' बैठकले आगामी बुधबार (मङ्सिर १५ गते)बाट गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको बैठकमा उपस्थित एक न्यायाधीशले नाम नबताउने सर्तमा गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा भने उपस्थित हुनुभएन । तर, प्रधानन्यायाधीशको अध्यक्षतामै अन्य दुई जना वरिष्ठतम् न्यायाधीश रहने पेशी व्यवस्थापन निर्देशन समितिबाटै पेशी तोक्ने निर्णय भएको हो ।

त्यस्तै बैठकले योभन्दा अगाडि सर्वोच्चमा सुनुवाइको प्रक्रियामा रहेका, निर्णय हुन बाँकी, हेर्दा हेर्दैका मुद्दा र निर्णय सुनउन भनेर राखिएका मुद्दा गोलाप्रथा प्रक्रियाबाटै जाने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्