सवारी दुर्घटनामा चार महिनामा १२ को मृत्यु

<span class='c1'>सवारी दुर्घटनामा चार महिनामा</span> <span class='c2'>१२ को मृत्यु</span>

तनहुँ ।सवारी दुर्घटनामा परी तनहुँमा चार महिनामा १२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको हो ।

पृथ्वीराजमार्गका विभिन्न खण्डमा उक्त अवधिमा २७ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा परी ४० जना घाइते भएका थिए ।

सडकको भौगोलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताउनुभयो ।

पृथ्वीराजमार्ग अन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरु हुन् । राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणका लागि गत असोज ३ गतेदेखि राडर गनको प्रयोग थालनी गरिएको छ ।

यस अवधिमा प्रहरीले १५ हजार एक सय सवारी साधनलाई कारवाही गरेको छ । कारवाहीबाट रु एक करोड २२ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि चालकसँग एक मिनेट कार्यक्रम अन्तर्गत चार महिनाको अवधिमा दुई सय ७६ पटक कार्यक्रम सञ्चालन गर्दा २३ हजार आठ सय ९७ जना चालक लाभान्वित भएका छन् ।

सवारी दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्लेट वितरण गरिएको छ भने ४३ वटा कक्षा सञ्चालन गर्दा सात हजार ६४० लाभान्वित भएको प्रहरीले जनाएको छ । प्रहरीले सरकारी कार्यालयका सवारी चालकलाई पनि प्रशिक्षण दिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्