विराटनगर २३ असोज
दलित सामुदायका मानिसलाई शिक्षा दिएमात्र समाजमा हुने विभेदको अन्त्य हुने एक कार्यक्रममा अधिकारकर्मीहरुले बताएका छन् । विराटनगरमा आज भएको रिडेफ नेपालको ११ औ वार्षिक उत्सव तथा ८ औ वार्षिक साधरण सभामा सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी अमर बराईलीले दलित सामुदायलाई शिक्षा दिई अब आत्मनिर्भर तर्फ अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आत्मनिर्भरको लागि एक जुड हुन जरुरी रहेको औल्याउनुभयो । कार्यक्रममा रिडेफ नेपाललाई सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरेको छ । यसरी सम्मानित हुने संस्थाहरुमा प्लान इन्टरनेश्नल, वल्ड भिजन र एक्सन ऐड रहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सस्दय गणेश लम्साल, अधिकारकर्मी महेन्द्र महतो, मुक्ति समाज मोरङका अध्यक्ष जीत नारायण सरदारलगायले बोल्नुभएको थियो ।