पूर्वी नाकाबाट तेल दिने आइओसीको अाश्वासन

<span class='c1'>पूर्वी नाकाबाट तेल</span> <span class='c2'>दिने आइओसीको अाश्वासन</span>

 

राजु अधिकारी

झापा–'माथिको आदेश' भन्दै नेपाली ट्यांकरहरुलाई नियन्त्रित रुपमा इन्धन दिइरहेको भारतीय आयल कर्पोरेशन (आइओसी) ले पूर्वी नाकामा बिदाको दिन पनि तेल दिने वचन दिएको छ।

केही दिनयता नियन्त्रित तेल दिइरहेको आइओसीले शुक्रबार २५ ट्यांकर इन्धन दिएको थियो। 'आइतबार उनीहरुको बिदाको दिन हो तैपनि तेल दिने वचन दिएका छन्', नेपाल आयल निगमको चारआली शाखा प्रमुख कमलेश अर्यालले भने, 'त्यसैले आइतबार पनि थप इन्धन आउने कुरामा आशावादी छौं।' आइइओसीको यस्तो नरम कुराले नेपाली पक्ष आशावादी भएको छ । केही दिन अघि 'माथिको आदेश' भन्दै आइओसीका कर्मचारीले धेरै तेल दिन नसकिने बताएका थिए ।

अघिल्लो दिन २५ ट्यांकर भित्रिएको इन्धनमध्ये १५ ट्यांकर डिजेल र ५ ट्यांकर पेट्रोल राजधानी पठाइएको छ । बाँकी ट्यांकरहरु झापामै राखिएको छ। गृह मन्त्रालय, आपूर्ति मन्त्रालय र आयल निगमको निर्देशनमा ती ट्यांकर राजधानी पठाइएको निगमले जनाएको छ। निगमका अनुसार विराटनगर तेल झार्न गएका ट्यांकर आइतबार पुनः सिलिगुढी तेल लिन जानेछन् ।

संविधानविरुद्ध खुला रुपमा असहमति जनाउँदै नेपालमाथि नाकाबन्दीको अस्त्र लिएर जाइलागेको भारतीय संस्थापनले लादेको नाकाबन्दी सुरु भएपछिका केही दिन काँकडभिट्टा–पानीट्यांकी नाकाबाट इन्धन आएको थिएन। तर, केही दिनयता दिन बिराएरै भए पनि इन्धन थोरै भित्रिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्