दहिधाप मेला  एकदिन मात्र लाग्ने

<span class='c1'>दहिधाप मेला  एकदिन</span> <span class='c2'>मात्र लाग्ने</span>

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका -६ शिवालय टोल स्थित त्रिपुरेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने दहिधाप मेला यसपटक एकदिन मात्र लाग्ने भएको छ ।
हरेक वर्ष करिब ५ दिनसम्म भव्यताका साथ सञ्चालन हुने मेलालाई यसपटक कोरोना कहर, लामो समय मेला सञ्चालन गर्दा व्यवस्थापनमा समस्या, सुरक्षा लगायतलाई मध्यनजर गर्दै मंसिर १७ गते बालाचतुर्दशीको दिन मात्र विगतलाई निरन्तरता दिदैँ पितृहरुको नाममा शतवीज छरेर धार्मिकतालाई जोगाउने हिसाबले सामान्य रूपमा १ दिने मेला सञ्चालन गरिने त्रिपुरेश्वर महादेव मन्दिर समितिका सचिव हेमन्त घिमिरेले बताए ।

उनले भने, ुसो दिन अघिल्ला वर्षहरूमा उल्लेख्य संख्यामा धर्मावलम्बीहरूको उपस्थिति हुन गरेको थियो । त्यस अवस्थामा सञ्चालक समितिलाई दहिधाप मेला सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्न सुरक्षाको तवरबाट निकै कठिन हुने गरेको थियो । ती सबै कुराहरूलाई ख्याल गर्दै हामी सम्पूर्ण मन्दिर समितिले यसखाले निर्णय गरेका हौ।

बाला चतुर्दशीको दिन धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाइएको सप्तदाना युक्त सतविज आफ्ना आफन्तहरूको दिवङ्गत आत्मा कहिल्यै भोको नहुन भनि छर्ने मान्यताका साथ बाला चतुर्दशीलाई यसपटक मनाउन भक्तजनहरू उपस्थित हुनुहुनेछ भन्नेमा विश्वत रहेको छु, ुत्रिपुरेश्वर मन्दिर समितिका अध्यक्ष डोन्डर सिंह खड्काले भने।
हिन्दु धर्मावलम्बीहरूले परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राती महादिप बाली जाग्राम बसी चतुर्दर्शीको बिहान शतवीज छर्ने चलन छ । महादीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्